नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा भएको एकीकरण पछि नेपाली कांग्रेसको स्थापना भएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले २००३ माघ १२ र १३ गते भारतको कलकत्तामा आयोजना गरेको अधिवेशनले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ २००५ साउन १ मा नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसले पार्टी एकीकरणका लागि २००६ चैत २७ गते कलकत्ताको चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना गरेका थिए । दुई दिनसम्म चलेको सम्मेलनले दुवै कांग्रेसको बीचमा रहेको शब्द ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ हटाएर नेपाली कांग्रेस नामक राजनीतिक दल स्थापना गरेको थियो । एकीकरणपछि नेपाली कांग्रेसको नामबाट सङ्गठित र सञ्चालित यो पार्टीले वि.सं. २००७ सालमा सशस्त्र आन्दोलनद्वारा १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गरेको थियो । कांग्रेस नेता सुवर्ण शम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको वि.सं. २०१५ सालको प्रथम संसदीय आमनिर्वाचनमा दुईतिहाइभन्दा बढी मतबाट विजयी भएको थियो । प्रथम संसदीय आमनिर्वाचनमा प्राप्त ऐतिहासिक जितपछि संस्थापक नेता विश्वेवरप्रसाद कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाए । तर, वि.सं. २०१७ साल पुस १ गते तात्कालीन राजा महेन्द्र शाहले ‘कू’ गरेर प्रजातन्त्रको अपहरण गरेर कांग्रेससहित दलहरू माथि प्रतिबन्ध लगाएका थिए । कांग्रेस वि.सं. २०४६ सालको अन्त्यसम्म प्रतिबन्धित रूपमा रही प्रजातन्त्र पुनःस्थापनाका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध लड्दै आएको थियो । वि.सं. २०४६ सालमा कांग्रेसको आह्वान र सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा तत्कालीन राजा वीरेन्द्र शाहको निरङ्कुशता र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध शान्तिपूर्ण जनआन्दोलन सुरू भयो । जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्र शाह २०१७ सालमा गुमेको प्रजातन्त्र २०४६ चैत २६ को मध्यरातमा पुनस्र्थापना गर्न तयार भए । जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त ग¥यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो । २०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भयो । शेरबहादुर देउवाले कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, ज्ञानेन्द्र शाहले फेरि प्रत्यक्ष शासन सुरू गरेपछि २०६२/६३ सालमा नेपाली कांग्रेसको आह्वानमा शान्तिपूर्ण संयुक्त जनआन्दोलन सुरू भयो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजाको प्रतिगमनविरूद्ध नागरिकको सर्वोच्चता स्थापित गराउन सञ्चालन भएको जनआन्दोलनकै कारण संसद् पुनर्स्थापना भयो । संसद् पुनस्र्थापनापछि गठन भएको सरकार संविधान सभा निर्वाचनको तयारीमा जुट्यो । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच भएको एकीकरण भयो । वि.स. २०६४ साल असोजमा सम्पन्न कांग्रेसको महासमिति बैठकले देशमा संघीय गणतन्त्रात्मक राज्य संरचना एवं बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने निर्णय गर्यो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गर्यो । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा सरकारले गणतन्त्र कार्यान्वयनका लागि पेश गरेको प्रस्ताव पारित भयो । प्रस्ताव पारित भएसँगै नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भयो । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधान सभाबाट वि.स. २०७२ सालमा बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहको निर्वाचन सम्पन्न ग¥यो । जसलाई कांग्रेसले नागरिकका आकांक्षाअनुरुप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासका रूपमा ब्याख्या गर्छ । गणतन्त्र स्थापनापछि कांग्रेसका सभापतिहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे । कांग्रेसले पछिल्लो निर्वाचन (२०७९) मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ निर्वाचन क्षेत्रमा निर्वाचित भएको थियो । ९१ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको कांग्रेसले बाँकी सिट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई छोडेको थियो । राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरेको कांग्रेस पुरानो संसदीय पार्टी हो । कांग्रेसले २०१५ सालदेखि चुनावमा भाग लिंदै आएको छ । २०१५ सालमा १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिट जितेको थियो । यो चुनावपछि पार्टीका संस्थापक बीपी कोइराला प्रधानमन्त्री भए । २०४८ सालमा २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ११० क्षेत्र जित्यो । कांग्रेसले २०५१ को मध्यावधिमा ८३ र २०५६ सालको आमनिर्वाचनमा ११३ सिट जितेको थियो । २०६४ सालमा निर्वाचन क्षेत्र बढेर २४० कायम भयो । तर कांग्रेसले ३७ सिट मात्रै जित्दै दोस्रो शक्ति बन्यो । २०७० मा १०५ सिट जित्यो । २०७२ को संविधानले निर्वाचन क्षेत्र घटाएर १६५ कायम गर्दा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्यो । तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढेर पार्टी विभाजन हुन पुग्दा सभापति शेरबहादुर देउवा २९ असार २०७८ मा पाँचौं पटक प्रधानमन्त्री भए । गणतन्त्र स्थापना नहुँदासम्म कांग्रेस सत्तामा जाने र फेरि व्यवस्था परिवर्तनको आन्दोलन गर्ने चक्र लामो समय चलिरह्यो । जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त गर्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो । २०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भएको थियो । २०८२ माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्यो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीय लोकतान्त्रिक गणतन्त्रलाई आदर्श मान्ने कांग्रेसले आगामी फागुन २१ को चुनावपछि फेरि सरकारको दावी गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
| जिल्ला |
नेपाली काँग्रेस
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| झापा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मोरङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुनसरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उदयपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनकुटा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाँचथर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| इलाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भोजपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तेह्रथुम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खोटाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओखलढुंगा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सोलुखुम्बु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संखुवासभा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ताप्लेजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सप्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिरहा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनुषा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| महोत्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सर्लाही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रौतहट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बारा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्सा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रामेछाप |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दोलखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुपाल्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काभ्रेपलाञ्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काठमाण्डौँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ललितपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भक्तपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मकवानपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| चितवन |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धादिङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नुवाकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रसुवा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तनहुँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गोरखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| लमजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| स्याङजा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्वत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कास्की |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मनाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुस्ताङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| म्याग्दी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वाग्लुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कपिलवस्तु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अर्घाखाँची |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गुल्मी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| प्यूठान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाँके |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सल्यान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुर्खेत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जाजरकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दैलेख |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कालिकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुगु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| हुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाजुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अछाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कैलाली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कञ्चनपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोटी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डडेलधुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बझाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बैतडी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दार्चुला |