प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

राम सुन्दर चौधरी (Ram Sundar Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राम सुन्दर चौधरी
जम्मा मत

0

votes
About Candidate

विद्यार्थीकालदेखि नै नेपाली काँग्रेसको राजनीति र समाजसेवामा सक्रिय रहँदै आएका रामसुन्दर चौधरी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्। निरन्तर संघर्ष, संगठन निर्माण र सामाजिक सेवामा समर्पित उनको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ।

२०१९ साल असार १ गते सिरहा जिल्लाको साविक सितापुर गाविस, हाल लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुरमा जन्मिएका चौधरीले स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। विद्यार्थी जीवनमै राजनीति रोजेका उनले २०३६ सालमा जनकपुरस्थित आर.आर. क्याम्पसमा अध्ययन गर्दै नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका हुन्।

त्यही वर्ष सम्पन्न जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको उनी स्मरण गर्छन्। 'स्वर्गीय नेता प्रदीप गिरिको नेतृत्वमा हामी बहुदलको पक्षमा लाग्यौं, र देशभरमै सिरहाले सबैभन्दा बढी मत बहुदललाई दियो,' उनी भन्छन्।

२०४६ सालको जनआन्दोलनपछि निरन्तर रूपमा राजनीतिमा सक्रिय रहेका चौधरीले पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएका छन्। उनले २०४७ सालमा नगरसभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि जिल्ला कार्यसमितिमा विभिन्न पदमा रहँदै दुई कार्यकाल जिल्ला उप–सभापतिको भूमिका पनि निर्वाह गरे।

सिरहा क्षेत्र १ का अन्य उम्मेदवारहरू