प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

नैन सिंह महर (Nain Singh Mahar)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
नैन सिंह महर
जम्मा मत

0

votes
About Candidate

२०३१ साउन १४ गते पिता ललित महर र माता तुला महरको कोखबाट लामिकाण्डे, डडेल्धुरामा जन्मिएका नैनसिंह महर २०४६ सालको जनआन्दोलनबाट १६ वर्षको उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । 

२०५६ सालमा नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला अध्यक्ष भएका महर २०७३ मा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भए । 

२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित महरलाई सभापति देउवाले शिक्षा विभाग प्रमुखमा मनोनित गरेका थिए । 

महरले नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा विद्यार्थी राजनीतिमा ‘३२ वर्षे उमेर हद’ र स्वतन्त्र विद्यार्थी युनियनमा ‘२८ वर्षे उमेर हद’ लागू गराउन भूमिका निभाएका थिए । 

राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका महरले अहिले राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् । महरले ‘शिक्षाका चुनौतीहरू’, ‘महाकाण्ड’, ‘अबको कांग्रेस’, ‘संकल्प’ वैचारिक पुस्तक लेखेका छन् । महर डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।