|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा डा. मोहम्मद फिरदोश आलमलाई प्रतिनिधिसभा चुनावको मैदानमा उतारेको छ । उनी मोहम्मद आफताब आलमका छोरा हुन् ।
३९ वर्षीय आमल रौतहट राजपुर नगरपालिका राजपुर फरहदवाका स्थानीय बासिन्दा हुन् । एमबीबीएससम्मको अध्ययन गरेका उनले प्रहरी निरीक्षक प्राविधिकका रूपमा समेत काम गरेका थिए ।
यो क्षेत्रमा उनी दोस्रो पटक निर्वाचन लड्न लागेका हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाटै उठेका उनी दोस्रो बनेका थिए । सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी भएका थिए ।
साहले ३२ हजार ८४२ मत ल्याउँदा आलमले २८ हजार २४८ मत मात्र प्राप्त गरेका थिए । रौतहट-२ मा २०७४ सालमा भने कांग्रेसका मोहम्मद आफताब आलमले जित निकालेका थिए ।