|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
२०५९ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका साउद विशेष महाधिवेशन नहुँदासम्म निरन्तर केन्द्रीय सदस्य थिए । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित हुँदा केन्द्रीय सदस्य भएका साउद २०६४ सालमा कांग्रेस एकीकृत हुँदा केन्द्रीय सदस्यमा कायम रहे । साउद १२औं, १३औं र १४औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्य थिए ।
साउद २०७९ सालमा परराष्ट्रमन्त्री, २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिंचाइ मन्त्री भएर जिम्मेवारी निभाएका छन् ।
साउद२०५१ सालदेखि नै प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा उनले कञ्चनपुरबाट नेपाली कांग्रेसको उम्मेदवार हुँदै प्रतिस्पर्धा गरेका छन् । २०५६, २०७० र २०७९ सालका निर्वाचनमा उनी निर्वाचित भएका छन् ।