|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
२००४ सालमा स्याङ्जाको भीरकोट नगरपालिका ८ मा जन्मिएका गुरूङ यो क्षेत्रकै पाका उम्मेदवार हुन् ।
६५ वर्ष पहिले चितवन झरेका गुरूङ २०२२ सालदेखि नै राजनीतिमा सक्रिय भए । २०३२ सालमा नै चितवन कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर काम गरे । तीन पटक जिल्ला पञ्चायतको सभापति समेत बने । २०५३ सालदेखि पाँचपटक कांग्रेस चितवनको जिल्ला सभापति बनेर काम गरे ।
उत्साहित कांग्रेसजनका माझ ५० वर्षदेखि राजनीतिमा सक्रिय गुरुङ तेस्रो प्रयासमा जित निकाल्ने दाउमा छन्। पाको अनुभव र विवादरहित छवि उनको मुख्य सबल पक्ष हो।
कांग्रेसको आठौं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म महासमिति सदस्य रहेका उनी निवर्तमान कांग्रेस केन्द्रीय सदस्य हुन्।
२०५१ सालमा भएको मध्यवधी निर्वाचनमा चितवन–२ र २०६४ सालमा चितवन–४ बाट पराजित भए । उनी तेस्रोपटक संसदीय निर्वाचन लड्न लागेका हुन् । तेस्रो प्रयासमा सफल हुँदै विगतको विरासतलाई फिर्ता ल्याउने प्रयास छन्, गुरुङ ।