प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

विजय कुमार गच्‍छदार (Bijay Kumar Gachhadar)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विजय कुमार गच्‍छदार
जम्मा मत

0

votes
About Candidate

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी–३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। सुनसरीबाट यो उनको आठौँ पटकको चुनावी प्रतिस्पर्धा हो। २०२७ सालमा नेपाल विद्यार्थी युनियनबाट राजनीति सुरु गरेका गच्छदार २०४८ सालदेखि पटक–पटक संसदमा निर्वाचित हुँदै आएका छन्।

२०५९ सालमा कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा पक्षमा लाग्दै कांग्रेस प्रजातान्त्रिकका महामन्त्री बने। २०६३ सालमा कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका उनले २०६६ मा आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरे।

२०७४ सालमा पुनः नेपाली कांग्रेसमा फर्किएका गच्छदार ललिता निवास जग्गा प्रकरणपछि केही समय राजनीतिक रूपमा निष्क्रिय बने। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी भगवती चौधरीसँग पराजित भएका थिए। अहिले उनी पुनः सोही प्रतिस्पर्धीसँग चुनावी मैदानमा छन्।

सुनसरी क्षेत्र ३ का अन्य उम्मेदवारहरू