प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

अनिल कुमार झा (Anil Kumar Jha)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अनिल कुमार झा
जम्मा मत

0

votes
About Candidate

रौतहट क्षेत्र नम्बर १ मा सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली काङ्ग्रेस प्रवेश गरी प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसँग हुनेछ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९)मा काङ्ग्रेस समेतको गठबन्धन बनाएर झा धनुषा-३ मा उठेका थिए । तर उनी एमालेकी जुली महतोसँग पराजित भए । उनै झा यस पटक भने काङ्ग्रेसको टिकट लिएर नेपाललाई चुनौती दिन उत्रिएका छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी रौतहट-१ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा नेपालले रौतहट छाडेका थिए ।

१५ असोज २०२४ मा रौतहटमा जन्मिएका उनको राजनीतिक यात्रासमेत उचारचढावयुक्त रहेको छ । तराईका नेता गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत रहेका झा २०४५ पछि राजनीतिमा सक्रिय भएका हुन् ।

पछिल्लो समय गत जेठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर सद्भावना पुनर्गठन गरेका उनी काङ्ग्रेसबाट टिकट लिएर उठ्दा भने सद्भावना नै काङ्ग्रेसमा विलय गराएको आरोप उनीमाथि लागेको छ । उनी स्वयं भने सो पार्टी अस्तित्व मै रहेको बताउँछन् ।