|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
गत पुसमा भएको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सहमहामन्त्री चुनिएका उदय शमशेर राणा ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । वि.सं. २०२६ साल फागुन १६ गते पिता सगर राणा र माता ब्रिन्दा राणाको कोखबाट जन्मिएका राणा ०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ बाटै निर्वाचित भएका थिए ।
अमेरिकाकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राणाले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कूल (जावलाखेल) र सेन्ट जोसेफ कलेज (दार्जिलिङ)बाट तथा उच्च शिक्षा द लरेन्स स्कूल (सनावर, भारत) बाट गरेका थिए । स्नातक दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट पास गरेका थिए ।
राणा भारतमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघ (नेविसंघ), दिल्लीका प्रथम अध्यक्ष हुन्। नेपाल फर्किएपछि राजनीतिमा संलग्न भएर २०६८ सालमा कांग्रेसको भ्रातृसंस्था तरुण दलको केन्द्रीय अध्यक्ष भए ।
कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र विशेष महाधिवेशनबाट सहमहामन्त्री भएका राणा २०७३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री बने । राणा २०७० र ०७९ सालको निर्वाचनमा ललितपुर–१ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए ।