प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

गजेन्द्र प्रसाद तुम्याङ लिम्बु (Gajendra Prasad Tumyang Limbu)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गजेन्द्र प्रसाद तुम्याङ लिम्बु
जम्मा मत

0

votes
About Candidate

ताप्लेजुङको सिरीजङ्गा गाउँपालिका-७ खेवाङमा २०३६ सालमा जन्मिएका गजेन्द्र प्रसाद तुम्याहाङ निरन्तर नेपाली काङ्ग्रेसको राजनीतिक यात्रामा होमिएका व्यक्ति हुन् । तुम्याहाङले काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरे । गणेश माध्यमिक विद्यालय खेवाङको इकाइबाट राजनीति प्रारम्भ गरेका तुम्याहाङ नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सचिव हुँदै जिल्ला सभापतिको जिम्मेवारीमा पुगे । 


 

गणेश माविबाट एसएलसी उत्तीर्ण गरेका उनले पाथीभरा क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पनि पूरा गरे । आफू अध्यक्ष रहेका बेला सप्ताह पुराण लगाएर स्नातक तहसम्मको पढाइ हुने क्याम्पसलाई स्नातकोत्तर तहसम्मको बनाए । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक लगायतको भूमिका निर्वाह गरेका उनको संसदीय क्षेत्रमा भने पहिलो अभ्यास हो । तुम्यहाङका श्रीमती र दुई छोरी छन् ।