|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ क्षेत्रीले यो क्षेत्रबाट उम्मेदवारी दिएका छन् । ६१ वर्षीय बानियाँ टोखा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह उक्तीर्ण बानियाँ लामो समयदेखि कांग्रेस राजनीतिमा सत्रिय छन् । उनी कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका थिए । कांग्रेस काठमाडौंको जिल्ला अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।
सामाजिक न्याय, समावेशी विकास र काठमाडौं–६ को समृद्धिलाई उनले आफ्नो चुनावी एजेण्डा बनाएका छन् । स्थानीय आवश्यकतालाई सदनमा उठाउने उनको प्रतिबद्धता छ ।
२०६४ मा माओवादीका हितमान शाक्य, २०७० र २०७४ मा कांग्रेसका भीमसेनदास प्रधानले जितेको यो क्षेत्रबाट अघिल्लो चुनावमा रास्वपाका शिशिर खनाल विजयी भएका थिए । यसपटक पनि खनाल चुनावी मैदानमा छन् ।