प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

प्रदीप पौडेल (Pradip Poudel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रदीप पौडेल
जम्मा मत

0

votes
About Candidate

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल अहिले काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पौडेल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । 

गत पुसमा भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्रीमा चयन भएका पौडेल २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । र पछि सभापति शेरबहादुर देउवाले उनलाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । पौडेल कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनपछिका कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए ।

जेनजी आन्दोलनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति र २०६४ सालमा नेपाली विद्यार्थी संघको अध्यक्ष बनेका थिए । ५० वर्षीय पौडेल तनहुँको हालको शुक्लगण्डकी नगरपालिकामा जन्मिएका हुन् ।