|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
सिरहामा २०२८ सालमा जन्मेका यादव २०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय भए ।
२०४९ र २०५४ साल उनी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पहिलो पटक गाविस अध्यक्ष हुँदा उनी २१ वर्षका थिए ।
कांग्रेस जिल्ला सभापति समेत रहेका यादवको संसदीय राजनीतिक यात्रा भने २०७० सालदेखि सुरु भएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०७४ सालमा चुनाव लडेर तेस्रा भए । नेकपा (माओवादी केन्द्र)का सुरेशचन्द्र दास विजयी बनेकाे त्याे चुनावमा यादवले १५ हजार ५९७ मत पाए।
२०७९ सालमा उनी धनगढीमाई नगरपालिका मेयरमा चुनाव लडे । मेयरमा उनी झिनो मतले एमालेका शिवशंकर महतोसँग पराजित भए । महतोले सात हजार ५६ मत ल्याउँदा यादवले ६ हजार ९०१ मत प्राप्त गरे ।
गत निर्वाचनमा प्रत्यक्षबाट जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव निर्वाचित हुँदा कांग्रेस उम्मेदवार एक हजार १५० मतले पराजित भएको थियो । समानुपातिक तर्फ तेस्रो स्थानको कांग्रेसले १२ हजार ३७८ भोट ल्याएको थियो ।
यादवले यो क्षेत्रमा जसपा नेपालका संजीवकुमार यादव, एमालेका नवीनकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका मुक्तिनारायण सिंह, जनमत पार्टीका विनोदकुमार यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।