|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
किरणकुमार साह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रौतहट-२ को मैदानमा उत्रिएसँगै यहाँको चुनावी समीकरण रोचक बनेको छ । साह गत प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए ।
त्यसपछि नेकपा एमालेमा प्रवेश गरेका साह यस पटक भने नेकपामा प्रवेश गरी निर्वाचनमा होमिएका हुन् । उनी स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार मानिन्छन् ।
४८ वर्षीय साहले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनी रौतहट राजपुर नगरपालिकाका स्थानीय बासिन्दा हुन् । गत निर्वाचनमा उनले गठबन्धनबाट निर्वाचन लडेका नेपाली काङ्ग्रेसका डा. मोहम्मद फिरदोश आलमलाई हराएका थिए ।
आलम यस पटकसमेत चुनावी मैदानमा छन् । त्यतिबेला साहले स्वतन्त्र लडेर ३२ हजार ८४२ मत ल्याउँदा आलमको २८ हजार २४८ भोट आएको थियो ।
साहको पृष्ठभूमि भने अन्य दलसँग जोडिन्छ । उनी २०७७ सालमा जसपाबाट एमाले प्रवेश गरेका थिए । २०७९ सालको निर्वाचनमा रौतहटमा जसपा र एमालेको गठबन्धन भयो । सो गठबन्धनबाट शैलेन्द्र साहले टिकट पाए । त्यसपछि साहले एमाले छाडेर स्वतन्त्र उठ्ने निर्णय लिए । जितपछि भने उनी एमालेमै फर्किएका थिए ।
साहले यस पटक पनि एमालेबाट टिकट पाएनन् । त्यसपछि उनी नेकपा प्रवेश गरेका हुन् । मनोनयन दर्ताअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चासमेत थियो ।