स्वराजको नारा सहित मधेशमा पृथकतावादी आन्दोलन चलाएका सिके (चन्द्रकान्त) राउतले शान्तिपूर्ण संसदीय राजनीतिमा आउने सहमति गर्दै खोलेको दल हो- जनमत पार्टी । तसर्थ जनमत पार्टीबारे बुझ्नु अघि सिके राउतबारे बुझ्नुपर्ने हुन्छ । संसार प्रशिद्ध क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका सीके राउतले स्वदेश फर्किएर २०६८ सालदेखि मधेशमा पृथकतावादी गतिविधि चलाए । जस क्रममा २४ पटक त गिरफ्तारीमा मात्रै परे । अदालतको आदेशबाट छुट्नासाथ उनी आफ्नै अभियानमा संलग्न भइहाल्थे । तर २०७५ फागुनमा नेपाल सरकारसँग ११ बुँदे सहमति गर्दै राउतले संवैधानिक दायराभित्र रहेर शान्तिपूर्ण राजनीति थाले । सिरहाको लहानबाट पार्टी घोषणा गरेका राउतले राजमार्ग केन्द्रित किसान आन्दोलनलाई सशक्त बनाए । मधेशमा नयाँ क्रान्तिकारी दल आएको सन्देश दिए । मधेशका अरु राजनीतिक दलहरुबाट मधेशका जनतामाथि अत्याचार भइरहेको दाबी गरे । उनको दाबी, प्रचार, निरन्तारको गिरफ्तारीबाट बनेको पृष्ठभूमि र वौद्धिक व्यक्तित्वकै जगमा २०७९ सालको चुनावमा अप्रत्यासित मत पाएर जनमत पार्टी राष्ट्रिय राजनीतिक दल बन्यो । राउत स्वयंले पनि मधेश आन्दोलनका नेता उपेन्द्र यादवलाई सप्तरी-२ बाट फराकिलो अन्तरले पराजित गरे । उपेन्द्रलाई पराजित गर्दै राष्ट्रिय दल बन्दा जनमत पार्टी चर्चामा रह्यो । सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा कदम, शिक्षा र स्वास्थ्यको सुधार, रोजगारी सिर्जना जस्ता एजेण्डा मार्फत यो पार्टीले भिन्न परिचय बनायो । दल गठनको छोटो अवधिमै संघीय सरकारका केही पटक सहभागी भयो भने छोटै समय भएपनि मधेश सरकारको नेतृत्व लिन सफल भयो । तर यसपटक तुलनात्मक कमजोर पृष्ठभूमिमा जनमत पार्टी चुनाव लड्दै छ । मुख्य कुरा यो पार्टीभित्र यही संसदीय अविधमा ठूलै कलह उत्पन्न भएको छ । त्यो भन्दा बढी मधेशी समुदायकै बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार हुनुको प्रभाव जनमत पार्टीलाई पर्ने देखिन्छ ।
| जिल्ला |
जनमत पार्टी
|
|||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| झापा |
|
|||||||||||||||||||||||||||||||||||
| मोरङ |
|
|||||||||||||||||||||||||||||||||||
| सुनसरी |
|
|||||||||||||||||||||||||||||||||||
| सप्तरी |
|
|||||||||||||||||||||||||||||||||||
| सिरहा |
|
|||||||||||||||||||||||||||||||||||
| धनुषा |
|
|||||||||||||||||||||||||||||||||||
| महोत्तरी |
|
|||||||||||||||||||||||||||||||||||
| सर्लाही |
|
|||||||||||||||||||||||||||||||||||
| रौतहट |
|
|||||||||||||||||||||||||||||||||||
| बारा |
|
|||||||||||||||||||||||||||||||||||
| पर्सा |
|
|||||||||||||||||||||||||||||||||||
| सिन्धुपाल्चोक |
|
|||||||||||||||||||||||||||||||||||
| चितवन |
|
|||||||||||||||||||||||||||||||||||
| कास्की |
|
|||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
|||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
|||||||||||||||||||||||||||||||||||
| कपिलवस्तु |
|
|||||||||||||||||||||||||||||||||||
| बाँके |
|
|||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
|||||||||||||||||||||||||||||||||||
| कैलाली |
|
|||||||||||||||||||||||||||||||||||
| कञ्चनपुर |
|
|||||||||||||||||||||||||||||||||||