प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ
उज्यालो नेपाल पार्टी

उज्यालो नेपाल पार्टी

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक दलहरूको खोल्ने लहरकाबीच उज्यालो नेपाल पार्टी गठन भएको हो । लोडसेडिङ हटाउनका लागि कुलमान घिसिङले विद्युत प्राधिकरणमा खेलेको व्यवस्थापकीय भूमिकाको छविको जगमा यो पार्टी निर्माण भएको हो । घिसिङको छवि र युवा पुस्ताको समर्थनलाई यो पार्टीले आफ्नो मुख्य आधार बनाएको छ। सुरुवातमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर यो पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो। कुलमान घिसिङ तत्कालीन समयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री पदमा रहेकाले सुरुमा नेतृत्व गरेनन् । पार्टी चुनावमा जाने भएपछि उनले मन्त्रीबाट राजीनामा दिएर अध्यक्ष पद सम्हालेका हुन् । यो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी चुनावमा सँगै जाने सुरुमा प्रतिबद्धता गरेको थियो । तर यो एकता १२ दिन पनि टिकेन । वैचारिक र पदीय मतभेदका कारण एकता भंग भएको थियो । यो पार्टीले पार्टीले विशेष गरी सुशासन, विकास र युवा सहभागितालाई जोड दिएको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने एजेण्डा अघि सारेको छ । संघीयता र पहिचानलाई यसले मजबुत बनाउनुपर्ने अडान राख्दै आएको छ । सुशासन, भ्रष्टाचार निवारण, पारदर्शी प्रशासन र क्षमताका आधारमा नियुक्ति दिनुपर्ने यो पार्टीको धारणा छ । समाजवाद उन्मुख अर्थतन्त्र, जसमा उत्पादन र स्वदेशी स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने पार्टीको धारणा छ । नयाँ पार्टी भएकाले यो दलको संगठन मजबुत बनिसकेको छैन । पुराना र स्थापित दलहरूसँग प्रतिस्पर्धा गर्न देशभर संगठन बलियो बनाउनु यसको मुख्य चुनौती छ । नयाँ वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरण र एकता प्रयासहरूमा देखिएको अस्थिरताले यो पार्टीप्रति केही प्रश्न पनि गरेका छन् । यी प्रश्नहरूलाई चिर्दै उज्यालो नेपाल पार्टी चुनावी अभियानमा छ । उज्यालो नेपालका मुख्य राजनीतिक मान्यता यसप्रकार छन् : नयाँ युगको प्रारम्भ गर्ने संकल्प र योजना सहित जन्मिएको उज्यालो नेपाल पार्टीले दलको पहिचान अनुरूपको व्यवहार प्रदर्शन गरी परिणाममुखी राजनीतिक अभ्यास गर्नेछ। नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चता उज्यालो नेपाल पार्टीको मूल राजनीतिक आदर्श हो। उज्यालो नेपाल पार्टीले नेपाली समाजको बहुलतालाई सम्मान, संरक्षण र सम्वर्द्धन गर्दै, सामाजिक न्यायमा आधारित सहभागितामूलक, समावेशी र लोककल्याणकारी राज्य प्रणालीमार्फत जनताको सामूहिक हितको रक्षा गर्ने विश्वास राख्दछ । नागरिक स्वतन्त्रता, विधिको शासन, आवधिक निर्वाचन, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरू स्वीकार गरी, उत्कृष्टता, पारदर्शिता र जवाफदेहीतामा आधारित प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नेछ। परिणाममुखी सक्रियता, अनुशासित व्यवहार र पारदर्शी जीवनशैलीमार्फत पार्टीले नेपाली समाजमा असल राजनीतिक संस्कारको अभ्यास गरी राष्ट्रिय जीवनमा विश्वसनीय एवं उज्यालो मूल्यप्रणाली स्थापित गर्नेछ। उज्यालो नेपाल पार्टी र उत्कृष्टता पर्यायवाची हुनेछन् र योग्य तथा उपयुक्त व्यक्तिलाई सही भूमिकामा स्थापित गरिनेछ। नेपालको संविधानको मूल व्यवस्थालाई आत्मसात गर्दै, लोककल्याणकारी राज्य र उदारवादी अर्थव्यवस्थामा आधारित आफ्नो राजनीतिक र आर्थिक मार्गदर्शन कायम राख्नेछ। राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै, सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य हुनेछ। परराष्ट्र नीति तथा अन्तरराष्ट्रिय सम्बन्ध : नेपालले आफ्नो सार्वभौमता, भौगोलिक अखण्डता र राजनीतिक स्वायत्तता सुनिश्चित गर्दै छिमेकी देशहरूसँग संवेदनशीलता र विश्वासको आधारमा सम्बन्ध मजबुत बनाउनेछ। साथै, विश्वका सबै मित्र राष्ट्रसँग साझा हितका क्षेत्रमा सहकार्य गर्दै, निर्माणाधीन नयाँ विश्व व्यवस्थालाई राष्ट्रिय सुरक्षा र आर्थिक विकासको लागि अनुकूल बनाइनेछ। गैरआवासीय नेपालीका सम्बन्धमा : गैरआवासीय नेपालीलाई नेपालमा फर्किन र नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने अवधारणालाई आत्मसात गरिनेछ । राज्य सञ्चालन : राज्य सञ्चालनमा शक्तिपृथकीकरण र शक्ति सन्तुलनको वास्तविक अभ्यास गरिनेछ । उत्कृष्टताको आधारमा राजकीय जिम्मेवारी प्राप्त गर्ने प्रणाली स्थापना गरिनेछ ।

उम्मेदवार जिल्ला

४०

जम्मा निर्वाचन क्षेत्र

११६

प्राप्त मत

जिल्ला
उज्यालो नेपाल पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेश कुमार लावती
क्षेत्र २ चुडा कर्ण बेघा
क्षेत्र ३ श्यामकृष्ण पाठक
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ मित्रसेन योञ्जन
क्षेत्र ६ बसन्त बुढाथोकि
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डम्वर लावती
क्षेत्र २ गोपाल तामाङ
क्षेत्र ३ जागेश्‍वर यादव
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अर्जुन तामाङग
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि बहादुर गुरुङ
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ किशोरी कार्की
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पेम्बा छिरी शेर्पा
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ किर्ती मान मादेन
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हर्ख नारायण चौधरी
क्षेत्र २ दिपक चौधरी
क्षेत्र ३ परमेश्‍वर लाल साह
क्षेत्र ४ विशो कुमार यादव
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तारा कुमारी चौधरी
क्षेत्र २ ललित कुमार सिंह
क्षेत्र ३ श्रवण पासवान
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ प्रमोद कुमार साह
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनोज कुमार गुप्ता
क्षेत्र २ राकेश मण्डल
क्षेत्र ३ रंजित कुमार साह
क्षेत्र ४ अमित कुमार सिंह
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ छत्र बहादुर डुम्जन
क्षेत्र ३ त्रिभुवन कुमार सिंह
क्षेत्र ४ पीताम्वर सिंह कुशवाहा
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ उमेश कुमार शाह
क्षेत्र २ रामाकान्त प्रसाद पटेल
क्षेत्र ४ तुलसी राज गिरी
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अनवर अंसारी
क्षेत्र २ मेघराज पासवान
क्षेत्र ३ तिेर्थ बहादुर गुरुङ
क्षेत्र ४ सन्तोष कुमार गुप्ता
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामकिशोर सिंह
क्षेत्र ३ रामरुप प्रसाद साह
क्षेत्र ४ विनोद प्रसाद यादव
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मोति लाल तामाङ
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रताप लामा
क्षेत्र २ राम सिं तामाङ
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ योगेन्द्र लामा
काठमाण्डौँ
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पदम कुमार लामा
क्षेत्र २ राजा राम तण्डुकार
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमेश बल्ल
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुरेन्द्र लामा
क्षेत्र २ प्रविन कुमार स्याङतान
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर गुरुङ्ग
क्षेत्र २ नि.कुमार पाख्रीन
क्षेत्र ३ डम्बर बहादुर तमाङ
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ ज्ञानेन्द्र घले
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामकाजी राना मगर
क्षेत्र २ बलराम तामाङ
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रविन्द्र मल्ल
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुरेन्द्र शेरचन
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिजय कंडेल
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अशोक कुमार चौधरी
क्षेत्र २ सुरज पाण्‍डे
क्षेत्र ३ सरोज सिंह चौधरी
क्षेत्र ५ केशव भट्टराई
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ कर्ण बहादुर थापा
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर खड्का
क्षेत्र २ शैलेन्द्र कुमार कर्ण
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ धर्म वहादुर चौधरी
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिल बहादुर बिस्ट
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेन्द्र के.सी
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ गम्भीर सिह भुल
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कर्ण बहादुर नेपाली
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ राजेश रावल
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रदिप कुमार चौधरी
क्षेत्र ४ सुभास कुवर
क्षेत्र ५ चन्द्र साउँद
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माइकल तामाङ
क्षेत्र २ योगेन्द्र व साउद
क्षेत्र ३ भिम बहादुर कुमाल