प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

रवि लामिछाने (Rabi Lamichane)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रवि लामिछाने
जम्मा मत

0

votes
About Candidate

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन–२ बाट तेस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता विवादपछि पद गएको थियो । पछि २०८० मा भएको उपनिर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०७९ असारमा पार्टी खोल्नु अघि लामिछाने टेलिभिजनमा काम गर्थे । सहकर्मी शालिकराम पुडासैनीले नारायणगढको एक होटलमा आत्महत्या गरेपछि लामिछानेमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलेको थियो ।

नागरिकता, दोहोरो राहदानी, सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनी मुछिएपनि नागरिकता र दोहोरो राहदानीमा उनले सफाई पाइसकेका छन् । गत ३ वर्षको अवधिमा २ पटक उपप्रधानसहित गृहमन्त्री भएका लामिछाने फागुन २१ अघि उनीमाथिको मुद्दा किनारा नलागे निर्वाचित भएको खण्डमा संसदको सपथ भने खान पाउने छैनन् ।