|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
नेकपाका नेता नारायणकाजी श्रेष्ठ सानो उमेरदेखि नै वामपन्थी राजनीतिमा सक्रिय छन् । २०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको आरोपमा उनी जेल परे । छुटे लगत्तै पटक पटक पक्राउमा परे । नेकपा चौथो महाधिवेशन (चौम)मा सङ्गठित श्रेष्ठलाई गोरखाका कम्युनिस्ट नेता श्रीनाथ अधिकारीले २०३८ सालमा पार्टी सदस्यता दिएका थिए । मोहनविक्रम सिंह र निर्मल लामाबिचको मतभेदले २०३९ सालमा पार्टी विभाजन भएपछि उनी चौमको काठमाडौँ जिल्ला समिति सदस्य भए ।
श्रेष्ठ २०४३ सालतिर केन्द्रीय सदस्य भए । २०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबिच एकता हुँदा श्रेष्ठ एकता संयोजन समितिको सदस्य थिए । एकतापछि २०४७ मा भएको एकता महाधिवेशनबाट उनी नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्य चुनिए । २०५१ सालमा पार्टी विभाजित हुँदा श्रेष्ठले एकता केन्द्रको सचिवको जिम्मेवारी पाए । पछि महासचिव भए ।नेकपा(मसाल)सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र–मसाल)को महामन्त्री र उनी सह–महामन्त्री भए । २०६३ सालमा सो पार्टीमा विभाजन भएपछि श्रेष्ठ एकताकेन्द्र–मसालको महामन्त्री भए । २०६२/६३ को जनआन्दोलनअघि १२ बुँदे सहमति गराउन श्रेष्ठले संयोजनकारी भूमिका खेलेका थिए ।