|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गौशाला नगरपालिकाका स्थायी बासिन्दा प्रमोदकुमार महतोलाई महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
२०४२ साल साउन १५ मा जन्मिएका महतोले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् । उनी व्यापार, राजनीति र कृषि क्षेत्रमा एकसाथ सक्रिय रहँदै आएका छन् ।
उनी स्थानीय स्तरमा एक जुझारु युवाको रूपमा परिचित छन् । विगतमा स्वतन्त्र रूपमा सामाजिक र राजनीतिक गतिविधिमा संलग्न उनले २०७९ को प्रदेश सभा निर्वाचनमा महोत्तरी-१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उक्त निर्वाचनमा प्राप्त गरेको सम्मानजनक मतले उनलाई स्थानीय राजनीतिमा एक वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न मद्दत पुर्यायो ।