प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

डा. देउमान सम्वाहाङफे (Dr. Deuman Samwahangfe)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
डा. देउमान सम्वाहाङफे
जम्मा मत

0

votes
About Candidate

डा. देउमान सम्बाहाङफे मोरङ क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।  उनी पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँमा २०२४ सालमा जन्मिएका हुन् । सम्बाहाङफे तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध कम्युनिस्ट आन्दोलनमा होमिएका थिए ।

बौद्धिक नेताका रूपमा परिचित उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट नेपालको संविधानसभाका विषयमा पीएचडी गरेका छन् ।

२३ वर्षभन्दा बढी समय अधिवक्ताका रूपमा काम गरेका सम्बाहाङफे पथरीशनिश्चरे–१ स्थित सुनाखरी माध्यमिक विद्यालयका संस्थापक शिक्षकसमेत हुन् ।

२०३६ को जनमत संग्रहसँगै उनले अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका उनी लेखकसमेत हुन् ।

नेकपा उम्मेदवार सम्बाहाङफे शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क बनाउन कानुनी पहल गर्ने बताउँदै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

उनले भूमिहीन, सुकुम्बासी र दोहोरो स्वामित्वका समस्याको दीर्घकालीन समाधानसम्म गर्ने पेट्रोलियम उत्खनन, नदी नियन्त्रण लगायत विषयलाई आफ्ना चुनावी मुद्दा बनाएका छन् ।