|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
मोरङको बेलबारी नगरपालिका-१ का राई पेसाले शिक्षक हुन् । उनले निजी स्कुल पनि सञ्चालन गरेका छन् । साहित्य क्षेत्रमा भने उनी इरान राईको नामले परिचित छन् ।
२०३५ सालदेखि बेलबारीमा बसोबास गर्दै आएका राईले सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए । भानु मेमोरियल इङ्लिस स्कुलमा २०४५ सालदेखि २०५२ सालसम्म सहायक शिक्षक, भाइस प्रिन्सिपल र प्रिन्सिपल भएर काम गरेका उनले २०५२ सालमा सगरमाथा इङ्लिस स्कुल सञ्चालन गरेका थिए ।
२०४७ साल असारमा नेकपा एमाले प्रवेश गरेका उनी २०४७ देखि एमालेको संगठित सदस्य छन् । गाउँ कमिटीदेखि काम गर्दै आएर उनी २०५६ देखि २०६९ सम्म बेलबारी गाउँ कमिटीको सचिव भए ।
नेकपा एमालेको आठौँ अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका राई हाल जिल्ला कमिटी सचिवालय सदस्य छन् ।
साहित्य क्षेत्रमा सक्रिय उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उनको सक्रियता सामाजिक क्षेत्रमा पनि छ । उनले १७ वटासम्म संस्थाको नेतृत्व गरेका थिए ।
राईले वेतना सिमसार संरक्षण समितिको नेतृत्व पनि गरेका थिए । आफूलाई भुइँ मान्छे बताउने उनी निर्वाचित भए जनताको सुझावअनुसार काम गर्ने बताउँछन् ।
अघिल्लो पटक केन्द्रीय नेता भानुभक्त ढकाल उम्मेदवार रहेको मोरङ-३ मा यस पटक एमालेले शैक्षिक क्षेत्रमा काम गरिरहेका राईलाई उम्मेदवार बनाएको हो ।