प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

रेनु दाहाल (Renu Dahal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रेनु दाहाल
जम्मा मत

0

votes
About Candidate

चितवन–३ बाट नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रेनु दाहाल २०६४ सालको पहिलो संविधानसभा सदस्य हुन् । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट पराजय भोगेकी उनी २०५२ सालमा माओवादी जनयुद्धमा सक्रिय सहभागी भइन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने अप्रत्याशित निर्णय गर्‍यो । पार्टीको निर्णय अनुसार रेनुलाई भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाइयो । त्यतिबेला उनी एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीसँग जम्मा २०३ मतान्तरले विजयी भइन् । रेनुको बुवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लिगेसीबाट राजनीतिमा स्थापित हुन खोजेको आरोप खेप्दै आएकी उनले आधुनिक भरतपुर बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् । प्रमुख पदमा निर्वाचित भएको पाँच वर्षमा कामबाट नै विरोधीको मुख बन्द गरिन् ।

महानगरपालिकाको मापदण्ड नै नपुग्ने भरतपुरलाई भौतिक पूर्वाधार, खानेपानी, भूमिगत सिँचाइ, नदी किनार तटबन्ध, हरियाली सहर विकासमा देशकै अब्बल महानगरपालिका बनाउन सफल भइन् । रेनुको कामबाट प्रभावित भएका महानगरपालिकावासीले २०७९ को स्थानीय तह निर्वाचनमा भारी मतले दोस्रो कार्यकाल निर्वाचित गरे ।