प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

अमन कुमार मास्के (Aman Kumar Maskey)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अमन कुमार मास्के
जम्मा मत

0

votes
About Candidate

तारकेश्वर नगरपालिका–फुटुङ निवासी ५३ वर्षीय मास्के यसअघि काठमाडौं–६ (२) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उनी संघीय संसद्को चुनावी मैदानमा उत्रिएका हुन् ।

स्थानीय तहमा राम्रो सम्बन्ध भएकाले उनलाई एमालेले उम्मेदवार बनाएको हो । बागमती प्रदेश सरकारमा उनी भौतिक पूर्वाधार विकास मन्त्री समेत बने । स्नातकोत्तर तह पूरा गरेका उनी एमालेका केन्द्रीय सदस्य हुन् ।

२०७९ मा प्रदेश सभामा चुनाव जितेको अनुभव उनी प्रतिनिधिसभा निर्वाचनमा प्रयोग गर्दैछन् । तर उनका प्रतिद्वन्द्वीहरू पनि अनुभवहीन चाहिं छैनन् ।

अघिल्लो चुनावका विजेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल यही क्षेत्रका उम्मेदवार छन् । कांग्रेसबाट कृष्ण बानियाँ क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हिमाल शर्मा, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उद्धवराज भेटुवाल सहितका उम्मेदवार चुनावी मैदानमा छन् ।