|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल हुन्। २०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेल यसै क्षेत्रका स्थायी बासिन्दा हुन्। कानुनमा स्नातक गरेका सस्मित वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित छन् । हाल उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेका छन्।
उनको प्रारम्भिक शिक्षा तथा प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भएको हो। नेपाल फर्किएपछि काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी अध्ययन पूरा गरेका छन् र औपचारिक शिक्षाका लागि थप अध्ययनको क्रममा छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहँदै उनले नेपालका लागि ‘अर्थक्वेक फन्ड’ संकलन तथा व्यवस्थापन टोलीमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भएको हो। वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिँदै उनी विवेकशील साझा युवा संगठनका नेता बने तथा विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्यसमेत भए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन उनी सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपंक्तिमा खटिएका थिए।
बालेन शाहको विजयपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं–५ (क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए। प्रदेशसभा निर्वाचनमा पराजयपछि पनि उनी मेयर बालेन शाहको टिममा रहेर काठमाडौं महानगरपालिकामा सक्रिय रहे।