|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
२९ वर्षीय रिमा देशभरकै सबैभन्दा कान्छी एमाले उम्मेदवार हुन्। उनी पर्सा, वीरगन्ज उपमहानगरपालिकाकी स्थानीय हुन् र हरिखेतान बहुमुखी क्याम्पसबाट बीएड अध्ययन गरेकी छिन्।
सामाजिक काममा सक्रिय रिमाले स्थानीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासका विषयमा समुदायसँग नजिकबाट काम गरेकी छिन् । उनको चुनावी अभियानमा 'नयाँ पुस्ताको प्रतिनिधि' भन्ने छवि प्रमुख आधार हो।
उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रूपमा बलियो छ । उनका ससुरा रामायण राउत अहिर एमालेका पुराना नेता हुन् र २०५६ सालदेखि सो क्षेत्रमा सक्रिय छन्।
पर्सा–२ मा एमालेले २०६४ सालमा बिचारीप्रसाद यादवलाई उठाएको थियो, तर कांग्रेसका अजयकुमार द्विवेदीसँग पराजित भएको थियो । त्यसपछि २०७० मा एमालेका उम्मेदवार यस क्षेत्रमा विजयी भए । २०७४ र २०७९ मा भने एमाले–जसपा गठबन्धनका कारण आफ्ना उम्मेदवार उठाउन सकेन ।