|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
झापाको अर्जुनधारामा वि.सं. २०२७ मा जन्मिएकी इन्दिरा राना मगर यसअघि समानुपातिक सांसद बनेकी थिइन् । प्रारम्भिक चरणको शिक्षा झापाको अर्जुनधारास्थित महारानीगञ्ज प्राथमिक विद्यालयबाट लिएकी उनले समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । मानवीय सेवाको क्षेत्रमा काम गरेकी मगर प्रसिद्ध साहित्यकार पारिजातसँगको भेटले जीवन दिशा निर्धारण गरेको बताउने गरेकी छन् ।
पुर्व उपसभामुख समेत रहेकी राना मगर पदमै रहँदा अमेरिकी दूतावासलाई केही व्यक्तिको भिसाबारे पत्र लेखेको भन्दै विवादमा तानिएकी थिइन् । सन् २००५ मा ‘अशोका फेलो’ पुरस्कार प्राप्त गरेकी इन्दिराले सन् २००९ मा ’एसिया जनसेवा अवार्ड’ र सन् २००१४ मा नोबेल विजेता मलाला युसुफजाई तथा अमेरिकी जोन उडसँगै ’वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड’ पाएकी थिइन् । फागुन २१ मा निर्वाचनमा राना मगरले झापा–२ मा अघिल्लो प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेसँग मुख्य चुनावी प्रतिस्पर्धा हुने ठानिएको छ ।