प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

अस्मिता थापा (Asmita Thapa)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अस्मिता थापा
जम्मा मत

0

votes
About Candidate

पालिकामा उपाध्यक्ष रहँदा महिला उद्यमशीलतालाई टोल टोलमा पुर्‍याएकी उनी महिला, युवा विद्यार्थीवृत्तमा प्रिय छन् ।

केन्द्रीय मुख्यालय च्यासलमा गत ४ माघमा बसेको नेकपा एमाले सचिवालय बैठकले अस्मिता थापालाई ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गर्‌यो । यो निर्णय एमाले ओखलढुंगा र यहाँका मतदाताका निम्ति ठूलै सरप्राइज थियो ।

किनकि उमेरले ३० वर्ष नकटेकी थापा आफैं पनि उम्मेदवार बन्ने दौडमा थिइनन् । अझ लिखु गाउँपालिकाकी उपाध्यक्ष पदको कार्यकाल बाँकी नै थियो ।