प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

हर्क राज राई (Hark Raj Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
श्रम संस्कृति पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हर्क राज राई
जम्मा मत

0

votes
About Candidate

पुराना राजनीतिक दल र तिनको नेतृत्वमाथि कडा प्रहार गर्दै आएका हर्कराज राई (हर्क साम्पाङ) २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भए । मेयर निर्वाचित भएपछि धरानमा मुख्य समस्याका रूपमा रहेको खानेपानी व्यवस्थापनमा अहोरात्र खटिएका राई कार्यकाल पुरा नहुँदै फागुन २१ को निर्वाचनअघि श्रम संस्कृति पार्टी खोलेर अध्यक्ष बने । आफैले गठन गरेको श्रम संस्कृति पार्टीबाट उनी सुनसरी १ को उम्मेदवार बनेका हुन् । उनले हर्कवादको सिद्धान्त अघि सारेका छन् । 

२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन् । खोटाङकै शुक्रबारे माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि २०५७ सालतिर उच्च शिक्षाका लागि धरान झरेर संघर्षपूर्ण जीवन बिताएका राई नेपालको मौलिकतालाई जोड दिँदै विकास गर्नुपर्छ भन्ने मान्यता राख्छन् । 

सुनसरी क्षेत्र १ का अन्य उम्मेदवारहरू