|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
नेकपा (एमाले) केन्द्रीय सदस्य घनश्याम पाण्डे २४ वर्षको उमेरमै उपमेयर बनेका थिए । तुलसीपुर उपमहानगरपालिका–८, अस्वारामा २०३० सालमा जन्मिएका उनी २०४३ सालमा अनेरास्ववियूमा लागे ।
२०४६ सालमा अनेरास्ववियु जिल्ला सदस्य भएका पाण्डेले २०४७ पुस ९ गते पार्टी सदस्यता प्राप्त गरेका थिए । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट बीएस्सी उत्तीर्ण गरेका उनी त्यही क्याम्पसमा २०५२ मा स्ववियु उपसभापति निर्वाचित भएका थिए ।