प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

माधव सापकोटा (Madhav Sapkota)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
माधव सापकोटा
जम्मा मत

0

votes
About Candidate

माधव सापकोटा नेकपाको स्पष्ट वक्ता तथा युवा नेता हुन् । २०७९ सालको निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित उनले संघीय संसदमा प्रभावकारी भूमिका खेलेका थिए । सिन्धुपाल्चोक साँघाचोकगढी नगरपालिका कुभिन्डेमा २०३७ सालमा भएको थियो ।

उनी विद्यालयदेखि नै माओवादी विद्यार्थी संगठनमा लागेका थिए । सापकोटा २०५५ मा जिल्ला सदस्य र पछि अध्यक्ष भए । २०५६ सालमा पूर्णकालीन सदस्य भएका उनले जनमुक्ति सेनाका चौथो बटालिन कमिस्सारसम्म भए । २०६३ साल वैशाख १० गते चौतारा आक्रमणको क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भए । २०७३ सालमा केन्द्रीय सदस्य बनेका उनले २०८१ सालमा राजनीतिक शास्त्रमा स्नातकोत्तर पुरा गरे ।