प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

शंकर पोख्रेल (sankhar pokharel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
शंकर पोख्रेल
जम्मा मत

0

votes
About Candidate

२०५१ सालमा दाङ–२ बाट प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएका पोखरेल नेकपा एमालेको दोस्रो कार्यकालका लागि हाल महासचिव छन् ।  एमालेभित्र वैचारिक नेताको छवि बनाएका उनी त्यसपछि भने सबै राष्ट्रिय निर्वाचनमा पराजित हुँदै आएका छन् । 

२०५६ र २०७० सालको दोस्रो संविधानसभामा दाङ–४ मा पराजय भोगेका पोखरेल २०६४ सालको पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बनेका थिए त्यसवेला उनी उनी सूचना तथा सञ्चारमन्त्री पनि बने ।

२०७४ को आम निर्वाचनमा पोखरेल प्रदेश सांसद जिते र लुम्बिनीको पहिलो मुख्यमन्त्री बने । आफ्नो निर्वाचन क्षेत्रमा जित र हारको दुवै अनुभव बटुलेका पोखरेल एमालेभित्रको राजनीतिमा प्रभावशाली मानिन्छन् । जबजको व्याख्याता र जननेता मदन भण्डारीको निकट रहेर काम गरेका ६३ वर्षीय पोखरेल दाङ तुलसीपुरका स्थायी बासिन्दा हुन् । उनले एमबिए गरेका छन् ।