प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

क्लिकमान्डु गृहपृष्ठ

कृष्‍ण ध्वज खड्का (Krishna Dhwaj Khadka)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
कृष्‍ण ध्वज खड्का
जम्मा मत

0

votes
About Candidate

२०५२ वैशाखमा भएको अखिल क्रान्तिकारीको १३औँ राष्ट्रिय सम्मेलनबाट कृष्णध्वज खड्का अध्यक्षमा निर्वाचित भएका थिए । उनले पहिलो पटक प्युठान–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । २०५४ सालमा खड्का जेलमै रहेको बेला १४औँ सम्मेलनबाट दोस्रोपटक विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित भएका थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले प्रचण्ड, राजा वीरेन्द्र, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमालेका तत्कालीन महासचिव माधव नेपाल, नेता वामदेव गौतमसँग वार्ता गरेका थिए ।

२०३५ सालदेखि वामपन्थी विद्यार्थी राजनीतिमा सक्रिय भएका खड्काले २०३६ सालमा भएको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा अभियान चलाए । २०४६ सालमा बृहत् जनआन्दोलनको पक्षमा सक्रिय रहेकै बेला सुरक्षाकर्मीले उनलाई जेल हालेका थिए । खड्का २०५१–२०५८ सालसम्म अध्यक्ष प्रचण्डको प्रतिनिधिका रूपमा सक्रिय भूमिका खेले । उनकै पहलमा माओवादी दुई पटक शान्ति वार्तामा आएको थियो । दोस्रो शान्ति वार्ता भङ्ग भएपछि २०५८–२०५९ सम्म उनलाई सैनिक हिरासतमा राखेर बेपत्ता पारिएको थियो । हिरासतमा चरम यातना दिँदा करङ र कम्मरको हड्डी फ्याक्चर भएको खड्का बताउँछन् । हात र खुट्टामा अझै रड र तार राखिएको उनी सुनाउँछन् ।