|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, विर्घामा जन्मिएका पदमबहादुर विकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जा– २ बाट उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उठेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
४५ वर्षीय विक औपचारिक पदमा नरहे पनि पार्टी संगठन र जिल्लाको राजनीतिक गतिविधिमा सक्रिय छन् । २१ फागुनको निर्वाचनलाई आफूले केवल चुनावी प्रतिस्पर्धाको रुपमा नभई स्याङ्जाको आवाज संसद्मा पुर्याउने अवसरको रूपमा लिएको बताउँछन् ।